images
images
  • जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरुले संकलन गरे १ खर्ब १९ अर्ब बीमाशुल्क

    काठमाडौं- चालू आर्थिक वर्ष (आव) को जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब १९ अर्ब ४७ करोड ८१ रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ मसान्तसम्म सञ्चालित १९ जीवन बीमा कम्पनीबाट उक्त कुल बीमाशुल्क आर्जन भएको हो ।

    उक्त अवधिमा सबैभन्दा बढी कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीले चालू आवको जेठ मसान्तसम्म ३० अर्ब ६७ करोड ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो कम्पनीले जेठ महीनामा पनि सबैभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । नेपाल लाइफले जेठ महीनामा मात्र २ अर्ब ३२ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको हो ।

    त्यस्तै दोस्रोमा बढी कुल बीमाशुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन रहेको छ । यो कम्पनीले १४ अर्ब ७९ करोड १० रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै जेठमा बढी कुल बीमाशुल्क आर्जन गर्ने दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नै रहेको छ । यो कम्पनीले पनि जेठ महीनामा १ अर्ब २६ रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।

    त्यसैगरी जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूमध्ये महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैभन्दा कम कुल बीमाशुल्क आर्जन गरेको छ । यो कम्पनीले जेठ मसान्तसम्म १ अर्ब २८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जीवन बीमा कम्पनीहरूले जेठ महीनामा मात्र ९ अर्ब ७ करोड ६० रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

    चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुन कम्पनीले कति कमाए ?

    lifeinsurance 20220629122413

    प्रतिक्रिया दिनुहोस्
    images
    images