काठमाडौं– प्रभु वैंकको गण्डकी प्रदेश कार्यालयको आयोजनामा शनिवार पोखरामा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसंचार सेवा कास्कीको सहयोग तथा समन्वयमा पोखरा न्यूरोडस्थित प्रदेश कार्यालयको परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ७५ जनाले रक्तदान गरेको वैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले बताए । रक्तदान कार्यक्रममा प्रभु वैंकका प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ती शेरचन, क्षेत्रीय रक्तसंचार सेवाका वरिष्ठ प्राविधिक महेन्द्र केसी, राष्ट्र बैंक क्षेत्रीय कार्यालय पोखराका प्रमुख तथा निर्देशक डा.रामशरण खरेल, विभिन्न वाणिज्य बैंकहरुका प्रदेश प्रमुख तथा प्रतिनिधि लगायत स्थानियको उपस्थिति रहेको थियो ।
वैंकले आगामी दिनहरुमा पनि प्रदेश तथा शाखा कार्यालयहरुबाट यस्तै सेवामूलक कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ ।


विश्व खबर 


















