images
images
  • चितवन मेडिकल कलेजमा नेपाल प्रहरीका सदस्यहरुलाई २५ प्रतिशत छुट

    काठमाडौं- नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेजबीच नेपाल प्रहरी, पूर्व प्रहरी र अमर प्रहरीका परिवारका सदस्यहरुलाई २५ प्रतिशत छुटको सम्झौता भएको छ । सम्झौतामा संघका तर्फबाट अध्यक्ष कुसुमलता सिंह र अस्पतालका तर्फबाट निर्देशक प्राडा.दयाराम लम्सालले हस्ताक्षर गरेका हुन् । सो सम्झौता प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेल, प्रहरी उपरीक्षक नवराज अधिकारी,अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटा, पत्रकार सुरेश कोइराला लगायतको उपस्थिति भएको थियो ।

    नेपाल प्रहरी, पूर्व प्रहरी तथा अमर प्रहरीका परिवारले चितवन मेडिकल कलेजमा उपचार गराउँदा उपचार सेवाहरुमा २५ प्रतिशत छुट सुविधा पाउने भएको छ । यस्तै, फार्मेसीले ७ प्रतिशत छुट दिने सम्झौतामा उल्लेख छ। उक्त सेवा लिनका लागि संघले उपलब्ध गराएको परिचयपत्र आवश्यक पर्ने सम्झौतामा जनाइएको छ । यो सम्झौता आउँदो साउन १ गतेदेखि २०८१ असार ३० गतेसम्म लागू हुने र पुनः नवीकरण गर्न सकिने पनि उल्लेख छ।

    सम्झौताअनुसार सडक दुर्घटना, कस्मेटिक सर्जरी, दाँतको उपचार लगायत प्रहरी कार्यालयमा मुद्दा दर्ता हुने उपचारमा भने यो सम्झौता लागू नहुने जनाइएको छ। यसैगरी नेपाल सरकारको स्वास्थ्य बीमा उपयोग गर्नेहरुलाई पनि यो सम्झौता लागू नहुने अस्पतालका प्रमुख प्रशासक देवकोटाले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images