काठमाडौं- सरकारले घटाएको डिजेल र पेट्रोलको नयाँ मूल्य शनिबार मध्यरातिदेखि लागू हुने भएको छ । सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको थियो । सो निर्णय मध्यराति १२ बजेदेखि लागू हुने भएको शनिबार अयोजित पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले बताए।
सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १७९ रुपैयाँ र डिजेलको १६४ कायम हुने भएको मन्त्री बडुले पत्रकार सम्मेलनमा जनकारी दिएका हुन् । हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेका छ । यस्तै डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकामा अब २८ रुपैयाँ घटेर १६४ रुपैयाँ भएको हो। सरकारले पेट्रोलियम पदार्थमा लागू गर्दै आएको कर कटौती गरेर मूल्य घटाएको हो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















