images
images
  • सेयर लगानीकर्ता कोइरालाले १० दिनदेखिको अनसन तोडे, के-के भयो सहमति ?

    काठमाडौं-पूँजीबजार सुधारका विभिन्न माग राखेर १० दिनदेखि आमरण बसेका तिलक कोइरालाले अनसन तोडेका छन् । पूँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालालाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जुस पिलाएर शुक्रबार अनसन तोडाएका हुन् । बोर्डसँग १९ बुँदे सहमति गरेपछि कोइरालाले अनसन तोडेका हुन् ।

    संघर्ष समितिले राखेका माग पुरा गर्न नेपाल धितोपत्र बोर्डले कार्यान्वयन समितिले बनाएसँगै कोइराला अनसन तोड्न राजी भएका हुन् । अनसान तोड्नुअघि बोर्ड अध्यक्ष हमालले लानीकर्ताले उठाएका १९ बुँदे माग पुरा गर्न नवगठित कार्यन्वयन समितिले आइतबारबाटै काम थाल्ने प्रतिवद्धता जनाएका थिए ।

    असार १ गते देखि बोर्ड परिसरमा अनसन बसेका कोइरालाले अनसन तोडेपछि आफूले उठाएका मागहरु पुरा भएको प्रतिक्रिया दिएका छन् । अनसन तोडेपछि फेसबुकमा कोइरालाले लेखेका छन् ‘सबैमा बधाई, १९ बुँदे माग पुरा र पूँजी बजारको जीत भयो, मैले अनशन तोडेँ ।

    1 5 2 2 3

    प्रतिक्रिया दिनुहोस्

    images