images
images
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ५९ पैसा तोकेको छ ।

    पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो तर बिहीबारको तुलनामा आज शुक्रबार कमि आएको छ ।

    बिहीबार एक डलरको विनिमयदर १ सय २५ रुपैयाँ ७२ पैसा थियो ।

    आज युरो १ को खरिददर १३१.४८ पैसा र विक्रीदर १३२.११ पैसा रहेको छ ।

    यस्तै अष्ट्रेलियन डलर १ को खरिददर ८६.१९ पैसा विक्रीदर ८६.६० पैसा तोकेको छ । जापनी येन १० को खरिददर ९.४ पैसा र विक्रीदर ९.२८ पैसा रहेको छ । चाइनिज युआन १८.६३ पैसा खरिददर रहेको छ भने विक्रीदर १८.७२ पैसा रहेको नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images