काठमाडौं- महोत्तरी प्रहरीले सुनको बिस्कुटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एकडारा गाँउपालिका–५ का ३५ वर्षिय सुशिल साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय जलेश्वरले ९ लाख ७८ हजार ८ सय २४ रुपैयाँ मूल्य बरावरको ११६।५० ग्राम बजन भएको बिस्कुट आकारको सुनसहित साहलाई सोमबार सार्वजनिक गरेको हो ।
आईतबार साँझको समयमा औरही नगरपालिका–४ कठुधारमा चेकजाँच गर्ने क्रममा साहले लगाएको जिन्स प्यान्टको खल्तीबाट सो सुन बरामद भएको हो ।
पक्राउ परेको साहलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















