images
images
  • हवाई भाडा बढ्यो, कुन ठाउँको कति ?

    काठमाडौं- वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन्।

    नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि वायुसेवा सञ्चालक संघले बुधबारबाट लागु हुनेगरी हवाई भाडा बढाएको हो।

    काठमाडौं सबैभन्दा लामो रुट धनगढीका लागि ८४० रुपैयाँ वृद्धि गरिएको छ। काठमाडौं–धनगढी रुटमा वृद्धि भएर अधिकतम भाडा १६ हजार ८०५ रुपैयाँ पुगेको छ।

    काठमाडौंबाट सिमराका लागि बढेर अधिकतम ४ हजार १९५ पुगेको छ। भरतपुर रुटमा ४ हजार ९३५ रुपैयाँ पुगेको छ।

    काठमाडौंदेखि पोखराको पाँच सयले बढेर अधिकतम ७ हजार नजिक पुगेको छ। जनकपुर रुटको ५ हजार ७९५ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images