
काठमाडौं- नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायबाट ३३ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने जीवन बीमा व्यवसायबाट ४ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ४५ करोड ४३ लाख रुपैयाँ र जीवन व्यवसायबाट ८ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको निर्जीवन र जीवन दुवै व्यवसायतर्फको व्यवस्थापन खर्च बढेको छ । यो अवधिमा निर्जीवनतर्फ ५ करोड रुपैयाँ र जीवनतर्फ ८१ लाख ७७ हजार रुपैयाँ व्यवस्थापन खर्च भएको छ । गत वर्ष यही अवधिमा यस्तो खर्च क्रमशः २ करोड ९५ लाख रुपैयाँ र ३१ लाख २८ हजार रुपैयाँमात्रै थियो ।
दोस्रो त्रैमासमा यो कम्पनीको आयव्यय सारिएको हिसाबबाट निर्जीवन व्यवसायतर्फ ५ करोड ३५ लाख रुपैयाँ नाफा भएको छ भने जीवन व्यवसायतर्फ ४ करोड ६ लाख रुपैयाँ घाटा भएको छ । गत वर्ष यही अवधिमा नाफा क्रमशः ३८ करोड ८१ लाख रुपैयाँ र ९ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायतर्फ ४ अर्ब १७ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यही अवधिमा ३ अर्ब ४० करोड आर्जन गरेको थियो । यस्तै जीवन व्यवसायतर्फ समीक्षा अवधिमा ७८ करोड ४० लाख बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष यही अवधिमा यस्तो आर्जन ३९ करोड ४६ लाख रुपैयाँमा सीमित थियो ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी९वार्षिककीकृत० ५.००३ रुपैयाँ, पीई अनुपात २५५.२४ गुणा, प्रतिसेयर नेटवर्थ १५७.३३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २६२.५८ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया दिनुहोस्