images
images
  • बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ शुक्रवार बाँडफाँट हुने

    काठमाडौं- बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ असार ३ गते शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले आफ्नै कार्यालय नक्साल, काठमाडौंमा दिउसो ३ बजे आईपीओ बाँडफाँट गर्ने जानकारी दिएको हो ।

    कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा १६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरीदका लागि १८ लाख ४५ हजार ६७ जना आवेदकहरूबाट २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयर खरीदको लागि आवेदन परेको हो ।

    कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ वितरण गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ता शेयर भने कम्पनीले सर्वसाधारणमा बाँडफाँट गर्नेछ । भाग्यमानी १ लाख ३६ हजार ५०० जनाले मात्र १० कित्ताका दरले शेयर हात पार्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्

    images