images
images
  • सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

    काठमाडौं- सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । बुधबारको तुलनामा बिहीबार तोला ८०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० कायम गरिएको छ ।

    त्यस्तै चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images