images
images
  • रिभर फल्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग ?

    काठमाडौं- रिभर फल्स पावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको २७ लाख ३० हजार र संस्थापकहरुले लगानी गरेको ३५ लाख ७० हजार कित्ता गरी कूल ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    नेप्सेले कम्पनीको शेयरलाई न्युनतम ८७ रुपैयाँ ९८ पैसा र अधिकतम २६३ रुपैयाँ ९४ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

    कम्पनीको शेयरलाई नेप्सेले आरएफपीएल आरएफपीएल (RFPL) कारोबार संकेत प्रदान गरेको छ । सोहि कारोबार संकेतमा बिहिबारदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images