images
images
  • बिहीबार १७ अंक घट्यो नेप्से

    काठमाडौं- बुधबार ६० अंकले बढेको नेप्से बिहीबार १७ अंकले घटेको छ। १७ अंकले घटेर २०६२ बिन्दुमा आइपुगको नेप्सेमा कुल १ अर्ब ४७ करोड बराबरको कारोबार भएको छ।

    बिहीबार २२९ कम्पनीको कुल ४१ लाख ५६ हजार १०४ कित्ता सेयर कारोबार भएको छ।

    बिहीबार सबैभन्दा बढी उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ। उता नबिल इन्भेस्टमेन्ट बैंकको सबैभन्दा बढी ६.६१ प्रतिशत घटेको छ। बिहीबार ट्रेडिङ समूहको मात्र उपसूचक बढेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images