images
images
  • भवन निर्माण गर्दैै हुनुहुन्छ ? सम्पन्न प्रमाणपत्र लिन यी हुन् आवश्यक कागजात !

    काठमाडौं- तपाईंले घर वा भवन निर्माण सम्पन्न गरिसकेपछि महानगर वा नगरपालिकाबाट निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य लिनुपर्ने हुन्छ ।

    जबसम्म तपाईंले नगरपालिकाबाट निर्माण सम्पन्न प्रमाणपत्र लिनुहुन्न तबसम्म तपाईंले आफ्नो घर धितोमा राखेर ऋण लिन पनि पाउनु हुन्न ।

    सबै कागजात पुगेको नक्सा स्वीकृत हुन २५ देखि ३० दिनसम्म लाग्छ । यस्तै, निर्माण सम्पन्न प्रमाणपत्र प्रकृया सुरु भएको मितिले सातदेखि १० दिनसम्म पाइन्छ ।

    काठमाडौं महानगरपालिकाको हकमा भवन निर्माण मापदण्ड, २०७५ र ललितपुर महानगरपालिकाको हकमा बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ का आधारमा तयार पारिएको कार्यविधि अनुसार घर तथा भवन निर्माण सम्पन्न प्रमाणपत्र पाइन्छ ।

    भवन निर्माण सम्पन्न प्रमाणपत्र लिनका लागि आवश्यक कागजात :

    नक्शा पासको फोटोकपी – १ प्रति
    पास पुर्जिको फोटोकपी – १ प्रति
    डिजाइनरको सिफारिस पत्र – १ प्रति
    डिजाइनरको ईजाजत पत्र – १ प्रति
    निर्माण सम्पन्न प्रमाण पत्र – २ प्रति
    मालपोत तिरेको रसिद फोटोकपी – १ प्रति
    घरको फोटो – २ प्रति
    व्यक्तिगत फोटो – २ प्रति (नक्शावाला र जग्गाधनी)

    प्रतिक्रिया दिनुहोस्
    images
    images