images
images
  • टेलिटकले सार्वजनिक गर्‍यो POCO M8 सिरिजका दुई नयाँ स्मार्टफोन

    काठमाडौं– टेलिटकले नेपाली बजारमा POCO M8 सिरिजअन्तर्गत दुई नयाँ स्मार्टफोन POCO M8 5G र POCO M8 Pro 5G सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यी स्मार्टफोनहरू उच्च कार्यसम्पादन, आधुनिक प्रविधि र सहज प्रयोग अनुभवलाई ध्यानमा राखेर नेपाली उपभोक्ताका लागि ल्याइएका हुन्।

    POCO M8 5G मा ७,०००mAh क्षमताको शक्तिशाली ब्याट्री दिइएको छ, जसले लामो समयसम्म प्रयोग गर्न सकिने सुविधा प्रदान गर्छ। यसमा ३३ वाट टर्बो चार्जिङ तथा १८ वाट रिभर्स चार्जिङको सुविधा उपलब्ध छ।

    फोटोग्राफीका लागि यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ, जसले स्पष्ट तस्बिर तथा भिडियो खिच्न सहयोग पुर्‍याउने कम्पनीको दाबी छ।

    फोनमा ६.९ इन्चको FHD+ डिस्प्ले, अधिकतम १४४Hz रिफ्रेस रेट तथा Snapdragon 6s Gen 3 प्रोसेसर जडान गरिएको छ। साथै, Octa-core CPU र Adreno GPU ले सहज तथा तीव्र कार्यसम्पादन उपलब्ध गराउने कम्पनीले जनाएको छ।

    त्यस्तै, POCO M8 Pro 5G लाई M8 सिरिजको अझ उन्नत संस्करणका रूपमा बजारमा ल्याइएको छ। यसमा ६.८३ इन्चको CrystalRes AMOLED डिस्प्ले, १.५K रिजोलुसन, १२०Hz रिफ्रेस रेट तथा अधिकतम ३,२०० निट्स ब्राइटनेस उपलब्ध छ।

    क्यामेरा सेटअपतर्फ यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा तथा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा समावेश गरिएको छ। साथै, ६,५००mAh ब्याट्री, १०० वाट हाइपरचार्ज र २२.५ वाट रिभर्स चार्जिङको सुविधा रहेको कम्पनीले जनाएको छ।

    यो स्मार्टफोन Snapdragon 7s Gen 4 प्रोसेसरद्वारा सञ्चालित छ, जसले २.७GHz सम्मको गति सहित उच्चस्तरीय कार्यसम्पादन प्रदान गर्ने कम्पनीको दाबी छ। दुवै स्मार्टफोनमा पानी र धुलोबाट सुरक्षा प्रदान गर्ने IP Water तथा Dust Resistance सुविधा पनि उपलब्ध छ।

    टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले यी स्मार्टफोनहरूले उत्कृष्ट कार्यसम्पादन, किफायती मूल्य र सहज 5G अनुभवलाई एउटै प्लेटफर्ममा उपलब्ध गराएको बताए। उनका अनुसार दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएका यी स्मार्टफोनमार्फत आधुनिक प्रविधिलाई प्रतिस्पर्धी मूल्यमा धेरै उपभोक्तासम्म पुर्‍याउने कम्पनीको उद्देश्य रहेको छ।

    मूल्य र उपलब्धता

    POCO M8 5G कालो र सेतो रंगमा उपलब्ध हुनेछ। यसको ६GB RAM + १२८GB स्टोरेज संस्करणको मूल्य रु. ३७,९९९ र ८GB RAM + २५६GB स्टोरेज संस्करणको मूल्य रु. ४४,९९९ तोकिएको छ।

    त्यस्तै, POCO M8 Pro 5G कालो, हरियो र चाँदी (सिल्भर) रंगमा उपलब्ध हुनेछ। ८GB RAM + २५६GB स्टोरेज संस्करणको मूल्य रु. ५६,९९९ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

    कम्पनीले सबै मोडेलमा एक वर्षको आधिकारिक ब्रान्ड वारेन्टी तथा अधिकतम ९ महिनासम्मको EMI सुविधा उपलब्ध गराएको छ। यी स्मार्टफोनहरू टेलिटकका आधिकारिक शोरुम, अधिकृत विक्रेता तथा Daraz मार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images