काठमाडौं– नयाँ स्मार्टफोन मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ ।
चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला कम्पनीले ललितपुरको लबिम मलस्थित क्यूएफएक्स सिनेमाजमा विशेष कार्यक्रम आयोजना गर्दै नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।
स्मार्टफोनको सार्वजनिक मोटोरोला कन्ट्री हेड हरिओम मिश्र र चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट एससी साबुले गरेका थिए ।
नयाँ मोटोरोला एज ७० फ्युजनमा ५० मेगापिक्सेलको सोनी–एलवाईटी ७१० क्यामेरा, मोटो एआई, ७,००० एमएएच ब्याट्री, ६८ वाट टर्बोपावर टीएम चार्जिङ, १४४ हर्जको १.५ के क्वाड–कर्भ्ड डिस्प्ले तथा ५ हजार २०० निट्ससम्मको ब्राइटनेस रहेको कम्पनीले जनाएको छ । फोनमा प्रिमियम फेब्रिक फिनिस र प्यान्टोन टीएमद्वारा छनोट गरिएका आकर्षक रङहरूमा उपलब्ध छन् ।
यो स्मार्टफोन २९ अगस्ट २०२६ देखि नेपालभर उपलब्ध हुने र यसको सुरुवाती मूल्य ६९ हजार ९९९ रूपैयाँ तोकिएको छ । मोटोरोला एज ७० फ्युजन आफ्नो श्रेणीका प्रतिस्पर्धी स्मार्टफोनमध्ये आकर्षक विकल्प बन्नसक्ने कम्पनीको विश्वास छ ।
मोटोरोला नेपालमा चौधरी ग्रुपको वितरण सञ्जालमार्फत उपलब्ध हुँदै आएको छ भने कम्पनीले बिक्रीसँगै व्यापक वितरण तथा सेवा केन्द्रको सुविधा पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।


विश्व खबर 




















