images
images
  • दसैँको किनमेलमा निस्कदै हुनुहुन्छ ? आज दिउँसो र रातिको मौसमबारे पनि थाहा पाउनुहोस्

    काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जानकारी दिएको छ ।

    हाल लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।

    बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदुरश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।

    आज दिउँसो कोशी प्रदेशका सबै भू–भाग तथा देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    आज राति देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही भू–भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images