काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पदका उम्मेदवार चन्द्र भण्डारीले पार्टीका नेता तथा कार्यकर्तालाई गुटगत सूची बाँडेर मतदाताको मन नदुखाउन आग्रह गरेका छन् ।
मतदान सुरू हुनुअघि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले प्रत्येक प्रतिनिधिलाई स्वतन्त्र रूपमा मत प्रयोग गर्न दिनुपर्ने बताएका हुन् ।
उनले पार्टी चार पुस्ताको त्याग र योगदानबाट बनेको तथा हजारौँ व्यक्तिले जीवनको आहुति दिएर स्थापित गरेको उल्लेख गरेका छन् । भण्डारीले भनेका छन्, ‘सूची बाँडेर साथीहरूको मन नदुखाऔँ। प्रत्येक साथीलाई स्वतन्त्र रूपमा आफ्नो मत प्रयोग गर्न दिऔँ ।’
उनले पार्टीभित्र गुट–उपगुटभन्दा संगठनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै थ पभनेका छन्, ‘गुट–उपगुट होइन, कांग्रेस बनाऔँ ! व्यक्ति होइन, विचार र संस्था ठूलो बनाऔँ ।’
मतदान सुरु हुनुअघि कांग्रेसका विभिन्न नेताको नाममा गोप्य भन्दै मतदातालाई सूची वितरण गरिएको पाइएको छ । वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका विश्वप्रकाश शर्माको नाममा समेत एउटा सूची वितरण गरिएको बताइएको छ ।
मतदान सुरू भएसँगै गगन थापाले भने– अफवाहमा नलाग्नुहोस्, यहाँ कुनै प्यानल वा गुट छैन


विश्व खबर 



















