images
images
  • मतदान सुरू भएसँगै गगन थापाले भने– अफवाहमा नलाग्नुहोस्, यहाँ कुनै प्यानल वा गुट छैन

    काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा आफ्नो वा अरुको कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका छन् ।

    उनले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार गरिएकोमा दु:ख व्यक्त गर्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

    केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरू भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै थापाले महाधिवेशन प्रतिनिधिलाई कुनै पनि भ्रममा नपरी स्वतन्त्र विवेकका आधारमा मतदान गर्न आग्रह गरेका हुन् । उनले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वस्थ र मर्यादित बनाउन सबै प्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

    ‘यसपटक कुनै पनि प्यानल वा गुट छैन,’ थापाले स्पष्ट पार्दै भनेका छन्, ‘मेरो नाम जोडेर आएको सूची भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन होला । कुनै पनि अफवाहमा नलाग्नुहोला ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images