images
images
  • धवल शमशेर राणाले बाल नदिएका दुर्गा प्रसाईंले पनि राजनीतिक पार्टी खोले

    काठमाडौं– मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का अभियन्ता दुर्गा प्रसाईं छुट्टै राजनीतिक दल दर्ता गरेका छन् ।

    उनको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको हो । पार्टीले आयोगबाट विधिवत् रूपमा दल दर्ताको प्रमाणपत्रसमेत प्राप्त गरिसकेको बताइएको छ ।

    प्रमाणपत्र पाएसँगै सो पार्टीले आगामी मंसिर ७ गते झापाको दमकमा भव्य औपचारिक घोषणा कार्यक्रम आयोजना गर्ने तयारी समेत थालेको बताइएको छ । देश र जनताको हितका लागि सबै राजनीतिक दल, राष्ट्रवादी धारमा विश्वास राख्ने नेपाली, उद्योगी–व्यवसायी, श्रमिक, युवा तथा आम नागरिकलाई एकताबद्ध भएर अघि बढ्न सो पार्टीले आग्रह गरेको छ ।

    ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सञ्चालन गरिरहेका प्रसाईं र राप्रपा छोडेका धवल शमशेर राणा मिलेर राजनीतिक पार्टी खोल्ने सहमति भएको थियो । तर, नेतृत्व विवादका कारण राणाले प्रसाईंलाई बालै नदिई यसअघि नै गत साउनमा ‘जय नेपाल पार्टी’ दर्ता गरिसकेका छन् ।

    त्यसको दुई महिनापछि प्रसाईंले पनि छुट्टै राजनीतिक पार्टी गठन गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images