images
images
  • फेरि सर्‍यो कांग्रेसको मतदान, भोलि बिहान ७ बजेदेखि मात्रै

    काठमाडौं – नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व छान्नका लागि आज मतदान नहुने पक्का भएको छ। बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो। त्यसपछि पनि मतदान हुन सकेन। केन्द्रीय निर्वाचन समितिले पनि अर्को समय सार्वजनिक गरेन।

    आज मतदान सुरु हुन नसकेपछि भोलि बिहानका लागि नयाँ समय तय गरिएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठल अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ।
    कांग्रेसको १५ औ महाधिवेशन मंगलबार सुरु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images