काठमाडौं– अमेरिका इरानसँगको सम्झौतामा केही लचक देखिएको छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले युरेनियम प्रशोधन क्षमतामा अर्थपूर्ण कटौती गरे युद्ध अन्त्यको सम्झौता हुन सक्ने बताएका छन् ।
यसलाई इरानको आणविक कार्यक्रम पूर्ण बन्द गर्नुपर्ने अघिल्लो अडानमा आएको लचकता मानिएको छ ।
विदेशमन्त्री मार्को रुबियोले भने इरानलाई आणविक हतियार बनाउन नदिने अडान दोहोर्याएका छन् ।
इरानले ६० प्रतिशतसम्म युरेनियम प्रशोधन गरेको छ, जुन हतियार बनाउन चाहिने करिब ९० प्रतिशतभन्दा कम हो ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिकासँगको वार्ता व्यर्थ भएको बताए पनि विदेशमन्त्री अब्बास अरागचीले न्यायपूर्ण वार्ताबाट द्वन्द्व अन्त्य सम्भव रहेको संकेत गरेका छन् ।
सेप्टेम्बरमा इरानले होर्मुज जलमार्ग खोल्ने र वार्ता सुरु गर्ने प्रस्ताव राखेको थियो, जसलाई ट्रम्पले अस्वीकार गरेका थिए ।


विश्व खबर 



















