काठमाडौं– नेकपा (एमाले)ले वडा कमिटीको अधिवेशन मंसिर २६ र पालिका तहको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलमा बसेको स्थायी कमिटी बैठकले यो मिति तोकेको हो ।
बैठकमा बरिष्ठ नेता विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिइन् ।
बैठकले मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने, मधेश प्रदेश सभाको रिक्त समानुपातिक स्थानमा नाजमा खातुनलाई मनोनयन गर्ने, र १३ जिल्लाको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।
बैठक भोलि पनि बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















