काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष उनले आज एवम् एमाले वरिष्ठ नेता पदको शपथ लिएकी हुन्।
उनले बैठक सुरु हुनुभन्दा अघि शपथ लिएकी हुन् । उनले ओलीले भनेको सबै ब्यहोरा पढेर सही पनि गरिन्। उनले ओलीले जस्तो शपथको बेला शपथको कुनै पनि ब्यहोरामा ‘त्यो पर्दैन’ भनिनन् ।
तर अध्यक्ष ओलीले विद्या भण्डारी राष्ट्रपति भएको बेला प्रधानमन्त्रीको शपथ लिन जाँदा एउटा ब्यहोरालाई शपथको बिचमा नै ‘त्यो पर्दैन’ भनेका थिए। भण्डारीले ‘ईश्वरका नाममा’ भनेर भन्दा ओलीले ‘त्यो पदैन’ भनेका थिए। राष्ट्रपति हुनुअघिसम्म भण्डारी एमालेकी उपाध्यक्ष थिइन् ।
अहिले एमाले स्थायी कमिटी बैठक जारी छ। पूर्वराष्ट्रपति भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो।
पूर्वराष्ट्रपति भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो।
वरिष्ठ उपाध्यक्षको रूपमा उनी एमाले बैठकमा सहभागी हुन लागेको यो पहिलोपटक हो।
वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक बैठकमा सहभागी भएकी हुन्। असोज ८ को सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो।


विश्व खबर 



















