काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सभापति गगन थापामाथि पार्टी फुटाएको आरोप लगाएका छन् ।
जनकपुरमा बोल्दै उनले विशेष महाधिवेशन गर्नेले नै कांग्रेस फुटाएको दाबी गरे ।
‘विशेष महाधिवेशन भयो कि पार्टी फुट्यो । कानूनी रूपमा बाँकी छ, तर व्यावहारिक र राजनीतिक रूपमा पार्टी फुटिसक्यो,’ उनले भने ।
उनले महाधिवेशनमा ६० प्रतिशत प्रतिनिधिले भाग नलिएको र ४० प्रतिशतलाई निर्णय गर्ने अधिकार नभएको बताए ।
सर्वोच्चमा शेरबहादुर देउवाले पुनरवलोकन निवेदन दिएर निस्सा पाएकाले अन्तिम फैसला आउन समय लाग्न सक्ने उनको भनाइ छ ।
मंसिर २१ देखि हुने महाधिवेशन अवैध नभएको पनि उनले जिकिर गरे ।
नीति कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा समूहका नेता हुन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















