images
images
  • यस्तो छ आज कालीमाटी बजारमा तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार तरकारी, फलफूल, सागसब्जी, मसला तथा माछाको मूल्य फरक–फरक रहेको छ ।

    मूल्यसूचीअनुसार गोलभेँडा ठूलो नेपाली र भारतीय दुवै प्रतिकिलो ७० रुपैयाँ रहेको छ । गोलभेँडा सानो लोकल २० रुपैयाँ, टनेल र तराईको ६० रुपैयाँ कायम गरिएको छ। आलु रातो लाम्चो र गोलो प्रतिकिलो ५५ रुपैयाँ तथा भारतीय आलु ३५ रुपैयाँ निर्धारण गरिएको छ। सुकेको भारतीय प्याज प्रतिकिलो ९६ रुपैयाँ पुगेको छ ।

    तरकारीतर्फ गाजर लोकल प्रतिकिलो ९० रुपैयाँ र तराईको ६० रुपैयाँ छ। बन्दा लोकल ३० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ र तराईको काउली ४० रुपैयाँ कायम गरिएको छ। रातो मूला र सेतो हाइब्रिड मूला प्रतिकिलो ३० रुपैयाँ रहेको छ ।

    भन्टा लाम्चो प्रतिकिलो ३० रुपैयाँ र डल्लो ५० रुपैयाँ छ। तने बोडी १०० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ तथा मटरकोसा र घिउ सिमीका विभिन्न प्रकार प्रतिकिलो १२० रुपैयाँमा कारोबार हुने मूल्य तोकिएको छ । टाटे सिमी ८० रुपैयाँ, तितो करेला ९० रुपैयाँ, लौका ७० रुपैयाँ र परबर प्रतिकिलो १०० देखि १२० रुपैयाँसम्म निर्धारण गरिएको छ ।

    चिचिण्डो प्रतिकिलो ४० रुपैयाँ, घिरौँला ९० रुपैयाँ, झिगुनी ८० रुपैयाँ, पाकेको फर्सी ८० रुपैयाँ तथा हरियो फर्सी ३० रुपैयाँ कायम गरिएको छ। भिण्डी ९० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ, बरेला ४० रुपैयाँ, पिँडालु ७० रुपैयाँ र इस्कुस प्रतिकिलो २० रुपैयाँ रहेको छ।

    सागसब्जीतर्फ रायो र तोरीको साग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो र मेथीको साग १२० रुपैयाँ तथा चम्सुरको साग १५० रुपैयाँ तोकिएको छ। हरियो प्याज प्रतिकिलो २०० रुपैयाँ, बकुला र तरुल १०० रुपैयाँ कायम गरिएको छ ।

    च्याउका विभिन्न प्रकारमध्ये कन्य च्याउ प्रतिकिलो ३०० रुपैयाँ, डल्ले च्याउ ५५० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ एक हजार रुपैयाँ रहेको छ । ब्रोकाउली प्रतिकिलो १२० रुपैयाँ, चुकुन्दर ९० रुपैयाँ, सजीवन २५० रुपैयाँ र रातो बन्दा १८० रुपैयाँ निर्धारण गरिएको छ ।

    विशेष साग तथा अन्य कृषि उपजमध्ये सेलरी प्रतिकिलो ५०० रुपैयाँ, पार्सले दुई हजार ८०० रुपैयाँ, पुदिना ७०० रुपैयाँ, गान्टे मूला १२० रुपैयाँ र इमली १८० रुपैयाँ रहेको छ। तामा प्रतिकिलो १६० रुपैयाँ, तोफु १६० रुपैयाँ, गुन्द्रुक ३५० रुपैयाँ तथा रुख टमाटर १५० रुपैयाँ तोकिएको छ ।

    फलफूलतर्फ स्याउ फूजी र जुम्लाको प्रतिकिलो ३५० रुपैयाँ तथा मुस्ताङको स्याउ २५० रुपैयाँ रहेको छ । नेपाली र मालभोग केरा दर्जनको १५० रुपैयाँ, कागती प्रतिकिलो ३०० रुपैयाँ र अनार ४०० रुपैयाँ कायम गरिएको छ ।

    नेपाली सुन्तला प्रतिकिलो १२० रुपैयाँ र भारतीय सुन्तला १०० रुपैयाँ छ। तरबुजा ८० रुपैयाँ, मौसम र जुनार प्रतिकिलो २०० रुपैयाँ तथा भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ निर्धारण गरिएको छ ।

    काँक्रो लोकल प्रतिकिलो ८० रुपैयाँ, हाइब्रिड ४० रुपैयाँ र लोकलक्रस ८० रुपैयाँ रहेको छ। निबुवा ६० रुपैयाँ, चाइनिज नासपाती ३०० रुपैयाँ, नेपाली मेवा ६० रुपैयाँ र भारतीय मेवा १०० रुपैयाँ तोकिएको छ ।

    अम्बा प्रतिकिलो २५० रुपैयाँ, लप्सी ८० रुपैयाँ, स्ट्रबेरी ५०० रुपैयाँ, किबी ३०० रुपैयाँ, सरिफा ३०० रुपैयाँ, एभोकाडो ३०० रुपैयाँ र अमला ८० रुपैयाँ कायम गरिएको छ। नेपाली ड्रागन फ्रुट प्रतिकिलो ५०० रुपैयाँ तथा नरिवल काँचो ८० र हरियो २०० रुपैयाँ रहेको छ ।

    मसला तथा अन्य उपजमा अदुवा प्रतिकिलो १०० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ र हरियो खुर्सानीका विभिन्न प्रकार १२० देखि ३०० रुपैयाँसम्म निर्धारण गरिएको छ। भेडे खुर्सानी १०० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ र हरियो धनियाँ १५० रुपैयाँ रहेको छ। सुकेको चाइनिज र नेपाली लसुन दुवै प्रतिकिलो २६० रुपैयाँ तोकिएको छ ।

    माछातर्फ सुकेको माछा प्रतिकिलो एक हजार रुपैयाँ, ताजा रहु ३७० रुपैयाँ, बचुवा ३२० रुपैयाँ र छडी माछा ३५० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images