images
images
  • सुन–चाँदीको मूल्य बढ्यो (मूल्यसहित)

    काठमाडौं– केही साता लगातार घटेको सुनको मूल्य आज बढेको छ ।

    आज तोलामा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँ बढेको हो ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ तय गरेको छ ।

    अघिल्लो दिन २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ४५ रुपैयाँ बढेको छ ।

    महासंघले आजका लागि चाँदीको भाउ प्रतितोला ३ हजार ११० रुपैयाँ तय गरेको छ ।

    अघिल्लो दिन ३ हजार ६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images