images
images
  • सुन–चाँदीको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ? (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ ।

    गत शुक्रबार प्रतितोला १२ हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ आइतबार भने तोलामा दुई हजार आठ सय रूपैयाँ घटेको हो ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ ।

    शुक्रबार सुन प्रतितोला दुई लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार पाँच सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images