images
images
  • नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

    काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ३८ अङ्कले घटेर दुई हजार ६२१ दशमलव २९ मा पुगेको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०७ अङ्कले बढेर ४७७ दशमलव ०१ मा पुगेको छ भने फ्लोट सूचक शून्य दशमलव ३१ अङ्कले घटेर १८२ दशमलव ३७ मा पुगेको छ ।

    त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ०७ अङ्कले बढेर १६२ अङ्कमा पुगेको छ ।

    आज विभिन्न कम्पनीका एक करोड छ लाख दुई हजार ४६८ कित्ता शेयर रु तीन अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० मूल्यमा खरिद बिक्री भएको छ ।

    तेह्र उपसमूहमध्ये दुई उपसमूह बढ्यो भने ११ उपसमूह घट्यो ।

    आज ८९ कम्पनीको शेयर बढ्यो भने १८१ कम्पनीको शेयर घट्यो ।

    त्यसैगरी नौ कम्पनीको शेयर स्थिर रह्यो ।

    नेप्सेका अनुसार आज डोल्टी पावर, भूगाल इनर्जी कम्पनी, मनकामना इन्जिनियरिङलगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

    त्यसैगरी मुक्तिनाथ म्युचुअल फण्ड, पाल्पा इन्डष्ट्रिज, स्वस्तिक लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images