जनकपुर– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गरेका छन् ।
जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडेको घोषणा गरेका हुन् ।
उनले अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको बताए ।
निधिले पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्षलाई लगाए ।
निर्वाचन आयोगमा पेस गरिएको तथ्यांक अनुसार आफूहरूसँग ४६ प्रतिशत आधार रहेको दाबी गर्दै उनले बहुमतका आधारमा मात्र पार्टी नचल्ने तर्क गरे ।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निधिले कार्यकर्ताहरूलाई वडा तहबाटै नयाँ ऊर्जाका साथ खटिन निर्देशन दिए ।
युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिँदै उनले आफू वैचारिक रूपमा सक्रिय र पार्टी पुनर्निर्माणका लागि प्रतिबद्ध रहेको बताए ।


विश्व खबर 




















