काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानको समय फेरि सरेको छ ।
तयारी अपूरो भएपछि दिउँसो १ बजेको मतदान २ बजेबाट सुरु हुने भएको हो ।
महाधिवेशनको पाँचौं दिन आज बिहान १० बजे मतदान सुरु गर्ने कार्यक्रम थियो ।
निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारहरूसँग सहमति गरेर २ बजेबाट मतदान सुरु गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















