images
images
  • मधेसी क्लस्टरतर्फ सह–महामन्त्रीमा ८ जनाबीच प्रतिस्पर्धा

    काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेसी क्लस्टरतर्फ सह–महामन्त्रीका लागि आठ जनाले उम्मेदवारी दिएका छन् ।

    उम्मेदवार दिनेमध्ये मुक्ताकुमारी यादव, महेन्द्र यादव, अजयकुमार चौरसिया, नागिना यादव, किरण यादव, रामपल्टन साह, अभिषेकप्रताप शाह र मनिषकुमार मिश्र छन् ।

    एक सहमहामन्त्री निर्वाचित हुनेछन् ।

    मुक्ताकुमारी विशेष महाधिवेशनबाट सह–महामन्त्री भएकी थिइन् भने महेन्द्र १४औँ महाधिवेशनमा निर्वाचित भएका थिए ।

    अजय, नागिना, किरण र रामपल्टन केन्द्रीय सदस्य छन् ।

    अभिषेकप्रताप पहिलो पटक केन्द्रमा प्रवेशको तयारीमा छन् भने मनिषकुमार गत फागुनमा लोसपाबाट कांग्रेसमा आएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images