images
images
  • कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ बजेदेखि निर्वाचन हुँदै

    काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ ।

    मतपत्र छपाइमा ढिलाइ भएपछि हिजो बिहीबार हुन नसकेको निर्वाचन आज हुन लागेको हो ।

    महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् ।

    निर्वाचन समितिका अनुसार मतदान बिहान ७ बजेदेखि सुरु भएर अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ ।

    मतदानका लागि राष्ट्रिय सभा गृह र खुलामञ्च परिसरमा व्यवस्था मिलाइएको छ ।

    838746747 1657766589259966 7706972800850219677 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images