images
images
  • अमेरिकी डलरको भाउ घट्यो, कति छ आजको विदेशी विनिमयदर ? (सूची)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आज शनिबार, असोज २४ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ८ पैसा रहेको छ । अघिल्लो दिको तुलनामा अमेरिकी डलरको भाउ आज केही घटेको हो । अघिल्लो दिन बिक्रीदर १५४ रुपैयाँ ५६ पैसा र खरिददर १५५ रुपैयाँ १६ पैसा थियो ।

    राष्ट्र बैंकका अनुसार युरोपेली युरो एकको खरिददर १७३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा कायम भएको छ । यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३५ पैसा रहेको छ ।

    भारतसँगको कारोबारका लागि भने नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । यो दर राष्ट्र बैंकले तोकेको स्थिर दर हो ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको खुला बजार विनिमयदर बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गर्ने सन्दर्भदर हो । राष्ट्र बैंकको सूचनाअनुसार विभिन्न बैंकले तोक्ने वास्तविक खुला बजार विनिमयदर भने फरक हुन सक्नेछ ।

    हेर्नुहोस् अन्य देशका विनिमदरको सूची–

    Currency ISO Currency Name Unit Buy Sell
    INR Indian Rupee 100 160.00 160.15
    USD U.S. Dollar 1 154.48 155.08
    EUR European Euro 1 173.32 173.99
    GBP UK Pound Sterling 1 204.55 205.35
    CHF Swiss Franc 1 185.92 186.64
    AUD Australian Dollar 1 107.83 108.25
    CAD Canadian Dollar 1 108.57 108.99
    SGD Singapore Dollar 1 120.68 121.15
    JPY Japanese Yen 10 9.76 9.80
    CNY Chinese Yuan 1 23.08 23.17
    SAR Saudi Arabian Riyal 1 41.15 41.31
    QAR Qatari Riyal 1 42.42 42.58
    THB Thai Baht 1 4.61 4.62
    AED UAE Dirham 1 42.06 42.23
    MYR Malaysian Ringgit 1 37.82 37.96
    KRW South Korean Won 100 11.52 11.56
    SEK Swedish Kroner 1 15.51 15.57
    DKK Danish Kroner 1 23.19 23.28
    HKD Hong Kong Dollar 1 19.69 19.76
    KWD Kuwaity Dinar 1 501.31 503.26
    BHD Bahrain Dinar 1 409.11 410.70
    OMR Omani Rial 1 401.24 402.80

    प्रतिक्रिया दिनुहोस्
    images
    images