काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँका विभिन्न ६ स्थानबाट ग्यास बिक्री गर्ने घोषणा गरेको छ ।
चाडबाडको समयमा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन र सिलिण्डर सट्टापट्टामा देखिएको समस्या समाधान गर्न असोज २५ गतेदेखि असोज ३१ गतेसम्म ग्यास बिक्री तथा साटफेर गर्न लागिएको संघले जनाएको छ ।
काठमाडौंको सिफलचौरबाट एभरेष्ट र सुगम, पेप्सीकोलाबाट सगर, बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी, सुकेधाराबाट बाबा र श्री, कलंकीबाट साइबाबा र श्रीकृष्ण र ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास बिक्री वितरण गरिने संघले जानकारी दिएको छ ।
ती स्थानहरूमा बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म ग्यास बिक्री गरिने छ । काठमाडौँ उपत्यकामा बिक्री वितरण हुने ग्यास सिलिण्डर मात्र साटफेर गरिने स्पष्ट पारिएको छ ।
संघका अनुसार तोकिएका यी बिक्री केन्द्रबाहेक अन्य स्थानबाट सिलिण्डर सट्टापट्टा गरिने छैन ।


विश्व खबर 



















