काठमाडौं– सरकारले हिमाली तथा दुर्गम क्षेत्रमा अनुमतिबिना सञ्चालन भइरहेको स्टारलिंकसहितका स्याटेलाइट इन्टरनेट सेवा तत्काल बन्द गर्न चेतावनी दिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स र फ्रिक्वेन्सी स्वीकृतिविना विभिन्न माध्यमबाट दूरसञ्चार तथा इन्टरनेट सेवा सञ्चालन भइरहेको जानकारी आएको भन्दै यस्तो गतिविधि रोक्न आग्रह गरेको हो ।
प्राधिकरणका अनुसार विदेशी पर्यटक बढी पुग्ने हिमाली आधार शिविरहरूमा स्टारलिंकको अवैध प्रयोग भइरहेको आशंका छ ।
यद्यपि स्टारलिंकले नेपालमा सेवा सञ्चालनका लागि अझै आधिकारिक अनुमति पाएको छैन ।
कम्पनीले पटक–पटक सरकारसँग अनुमति माग्दै आएको भए पनि कानुनी प्रक्रिया पूरा नगरेसम्म सेवा सञ्चालन गर्न नपाइने सरकारको अडान छ ।
प्रतिक्रिया दिनुहोस्






















