images
images
  • बुधबार तोलामा आठ सयले घट्यो सुनको मूल्य

    काठमाडौं- नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ। छापावाल सुनको मूल्य प्रतितोला आठ सयले घटेर ९७ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    अघिल्लो दिन सुन प्रतितोला ९८ हजारमा कारोबार भएको थियो। महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० कायम भएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० थियो।

    आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार २५० तोकिएको महासंले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images