images
images
  • राजधानीमा स्ट्याण्डर्ड चार्टर्ड बैंककोे नयाँ शाखा खुल्यो

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले राजधानीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नारायण चौर स्थित नक्सालमा लाजिम्पाटबाट नयाँ शाखा स्थानान्तरण गरेको हो ।

    शुक्रबार एक कार्यक्रमकाबीच शाखाको उद्घाटन गरिएको हो । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शाखाको उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर, ग्राहक तथा वरिष्ठ कर्मचारीहरूको उपस्थिति थियो ।

    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले नयाँ शाखाबाट हाम्रा विद्यमान र नयाँ ग्राहकहरूलाई सेवा दिन पाउँदा हर्षित भएको र नयाँ स्थानबाट ग्राहकहरूलाई डिजिटल र स्मार्ट सेवा प्रदान गरिने बताउनुभयो ।

    प्रमुख कार्यकारी अधिकृत दस्तीदारले ग्राहकहरूका लागि सेवा सुविधा बढाउनका लागि लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकसँग उच्च डिजिटल क्षमता रहेको समेत उल्लेख गर्नुभयो । बैंकले शाखामा नयाँ खाता खोल्नका लागि विभिन्न अफरहरू पनि ल्याएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images