images
images
  • दोर्दी खोला जलविद्युतको आईपीओ जेठ २६ देखि बिक्री खुला गर्ने

    काठमाडौं- दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

    कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता शेयर (आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता समेत) साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

    जसमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images