images
images
  • ५० अङ्कभन्दा धेरैले घट्यो शेयर बजार

    काठमाण्डौ । शेयर बजार आज ५० अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव ३३ अङ्कले घटेर दुई हजार एक सय ७३ दशमलव ४४ विन्दुमा झरेको छ ।

    आज सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, विकास बैंक, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २७ कम्पनीको ३४ लाख ५६ हजार कित्ता शेयर एक अर्ब ३३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको चार करोड ९६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

    झन्डै एक वर्षपछि आज दोस्रो बजारमा कारोबार खुलेको नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । यस्तै ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि बलेफी हाइड्रोपावरको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images