images
images
  • सुनको मूल्य दिनहुँ आकाशिदै, यस्तो छ आजको बजारभाउँ

    काठमाडौं- सुनको भाउ सोमबार प्रतितोलामा एक हजार ६०० रुपैयाँको दरले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३४० रुपैयाँमा निर्धारण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images