images
images
  • ६ महिनामा करिव ५९ अर्ब वैदेशिक सहायता परिचालन

    काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा ५८ अर्ब ९० करोड बराबरको वैदेशिक सहायता परिचालन गरेको छ ।

    २०७८ साउनदेखि पुस मसान्तसम्मको अवधिमा उक्त रकम परिचालन गरिएको जानकारी अर्थ मन्त्रालयले दिएको हो ।

    परिचालन गरिएको वैदेशिक सहायतामध्ये १३ अर्ब ८८ करोड रुपैयाँ अनुदान र ४५ अर्ब २ करोड रुपैयाँ ऋण रहेको छ ।

    गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा ७ अर्ब ४६ करोड रुपैयाँ अनुदान र ३० अर्ब ४ करोड रुपैयाँ ऋण गरी कूल ३७ अर्ब ५० करोड रुपैयाँ बराबरको वैदेशिक रहायता प्राप्त भएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images