images
images
  • सुनको मूल्य एक लाख नजिक

    काठमाडौं- सुनको भाउ बिहीबार प्रतितोलामा दुई हजार ५०० रुपैयाँको दरले बढेर एक लाख नजिक पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैँयामा कारोबार भएको थियो ।

    यसैगरी बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँको दरले बढेको छ ।

    बुधबार एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३५५ रुपैयाँमा निर्धारण भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images