images
images
  • साना रेस्टुराँ र खाजा घरका परिकार डेलिभरी गर्न सुरू भयो ‘पठाओ लोकल’

    काठमाडौं-साना रेस्टुराँ तथा खाजा घरहरूलाई डिजिटल प्लेटफर्ममा जोडेर उनीहरूको व्यवसाय वृद्धि गर्ने पहल स्वरुप पठाओ नेपालले ‘पठाओ लोकल’ सुरू गरेको छ।

    शून्य दर्ता महशुल राखेको पठाओ लोकलमा साना व्यवसायीहरूले आफ्नो व्यवसाय आधिकारिक दर्ता गरेको हुनु पर्ने पठाओको प्रवक्ता सुरक्षा हमालले बताइन्।हाल खाजा डेलिभरी सेवामा २० भन्दा बढी साना व्यवसायी जोडिएको पठाओ लोकलमा २ सय ५० भन्दा बढी व्यवसायीहरूलाई जोड्ने योजनासहित पठाओले व्यवसायीको कमिसनमा समेत छुट दिएको हमालले बताइन्।

    पहिले आफ्नो खाजा घर तथा रेस्टुरेन्टबाट मात्र व्यापार गर्दै आएका व्यवसायीहरू अहिले पठाओ लोकलबाट दैनिक अनलाइन बिक्री गर्न पाउँदा निकै खुशी भएको हमालको बुझाइ छ। पठाओ लोकलमा आवद्ध हुन चाहने साना खाजा तथा रेस्टुराँ व्यापारीले ०१-५९७००९९ मा सम्पर्क गरी जानकारी लिन र दर्ता गर्न सक्नेछन्। साथै, यो लिंकमा गई आवेदन दिन सकिन्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images