काठमाडौं- नेकपा एमालेको भातृसंस्था राष्ट्रिय युवा संघ नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने भएको छ।मन्त्री खतिवडाले २४ लाख डोज भ्याक्सिन गायब गरेको भन्दै संघले उजुरी दिन लागेको विज्ञप्तिमार्फत् जनाएको छ।
संघले भोलि आयोगमा गएर उजुरी दिने बताएको छ। कोरोना महामहारीको जोखिम बढिरहेका बेला सर्वसाधारणको पहुँचमा पुर्याउनुपर्ने खोप गायब गरेको भन्दै छानबिन मागसहित उजुरी गर्न लागेको संघका संयोजक किरण पौडेलले जानकारी दिएका छन्।
खतिवडाले स्वास्थ्यमन्त्रीको रुपमा जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज भ्याक्सिन गायब पारेर राज्यकोषको करिब २ अर्ब ४० करोड रकम हिनामिना गरेको युवा संघको आरोप छ ।
कोरोना महामारी तिब्ररुपमा बढिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो ।


विश्व खबर 




















