काठमाडौं– नेपाललाई भारतको राज्य बनाउने षड्यन्त्र रचेका अर्थमन्त्री स्वर्णिम वाग्ले कार्यवहाक प्रधानमन्त्री बनेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिइएको हो ।
शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।
सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।
उनले केही वर्ष पहिले नेपाललाई भारतको राज्य बनाउने षड्यन्त्र रचेको सत्तारूढ रास्वपा पूर्वमहामन्त्री मुकुल ढकालले खुलासा गरेका थिए ।
ढकालले एक टेलिभिजन कार्यक्रममा बोल्दै यस्तो खुलासा गरेका हुन् ।
प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् ।
उनले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
शाह असोज १० गते स्वदेश फर्किनेछन् ।


विश्व खबर 




















