images
images
  • नेतृत्व हटाउन विष्णु–शंकरको चलेन जोर, अब बाँचुञ्जेल ओलीले हाक्नेछन् एमाले

    काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेको पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग अस्वीकार गरेका छन् ।

    केन्द्रीय कमिटी बैठकमा ६७ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिए पनि नेतृत्व छाड्ने आधार नरहेको बताएका छन् ।

    ओलीले पार्टीका तत्कालीन मुख्य कार्यभार संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा तथा आगामी निर्वाचनको तयारी रहेको बताएका छन् ।

    उनले संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार र निर्वाचनकेन्द्रित तयारीमा जोड दिएका छन् ।

    युवालाई नेतृत्वमा ल्याउनुपर्ने मागप्रति ओलीले नयाँ पुस्तालाई जिम्मेवारी र अवसर दिँदै अनुभव तथा ऊर्जाको संयोजन आवश्यक रहेको बताएका छन् ।

    नेतृत्व हस्तान्तरण आकस्मिक नभई संस्थागत तयारीसहित हुनुपर्ने उनको भनाइ छ ।

    ओलीले पार्टीभित्र आफूलाई विस्थापित गर्ने प्रयास भइरहेको दाबी गर्दै पुनर्गठनको मागको औचित्य नरहेको बताएका छन् ।

    यता महासचिव शंकर पोखरेलसहित केही नेताहरू ओलीको प्रतिवेदनप्रति असन्तुष्ट रहेको र मंगलबारको बैठकमा प्रतिवाद गर्ने तयारीमा रहेको स्रोतको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images