images
images
  • कुमारीपाटी–जावलाखेलमा कामना सेवा विकास बैंकले राख्यो पाँच प्रतीक्षा बेन्च

    काठमाडौं – कामना सेवा विकास बैंकले ललितपुरको कुमारीपाटी–जावलाखेल क्षेत्रमा सर्वसाधारण तथा यात्रुको सुविधाका लागि पाँच थान प्रतीक्षा बेन्च स्थापना गरेको छ ।

    कुमारीपाटी जावलाखेल व्यापार संघसँगको सहकार्यमा बैंकले दैनिक आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणलाई विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले बेन्च राखेको हो ।

    बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बेन्च स्थापना गरिएको थियो ।

    बेन्च स्थापनाबाट बाटो हिँड्ने यात्रु, स्थानीयवासी तथा सर्वसाधारणलाई केही समय विश्राम गर्न सहज हुने अपेक्षा गरिएको बैंकले जनाएको छ ।

    कार्यक्रममा व्यापार संघका अध्यक्ष शाक्यले सर्वसाधारणको प्रत्यक्ष उपयोगमा आउने प्रतीक्षा बेन्च स्थापना गरेकोमा बैंकलाई धन्यवाद दिए। उनले स्थानीयवासी तथा यात्रुलाई यसबाट प्रत्यक्ष सुविधा पुग्ने बताए ।

    बैंकका काठमाडौं प्रदेश प्रमुख शर्माले बैंकले वित्तीय सेवासँगै सर्वसाधारणको सुविधा र स्थानीय समुदायको आवश्यकतालाई ध्यानमा राखेर सामाजिक तथा सेवामूलक गतिविधि गर्दै आएको बताए ।

    स्थानीय आवश्यकता र जनसुविधालाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने उनले बताए ।

    कार्यक्रममा बैंकका कर्मचारी तथा कुमारीपाटी जावलाखेल व्यापार संघका प्रतिनिधिको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images