काठमाडौं – साताको पहिलो कारोबार दिन मंगलबार शेयर बजारको प्रि–ओपन सेसन सकारात्मक देखिएको छ । प्रि–ओपन सेसनमै नेप्से परिसूचक ३.५५ अंकले बढेर २६५०.७७ विन्दुमा पुगेको हो ।
गत शुक्रबार नेप्से २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा बन्द भएको थियो । सोही आधारमा मंगलबार बजार खुलेको प्रारम्भिक चरणमै नेप्से थप ३.५५ अंक उक्लिएको हो ।
प्रि–ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.४३ अंकले बढेको छ ।
यस अवधिमा ९२ वटा स्टकको २२६ पटक कारोबार भएको छ । उक्त कारोबारमा २६ हजार ८६१ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ७४ लाख ७ हजार १८९ रुपैयाँ १० पैसा पुगेको छ ।
कारोबार भएका स्टकमध्ये ३५ वटाको शेयर मूल्य बढेको छ भने ३७ वटाको मूल्य घटेको छ । यस्तै २० वटा स्टकको मूल्यमा कुनै परिवर्तन भएको छैन ।
प्रि–ओपन सेसनको कारोबारले बजारमा सुरुवाती सकारात्मक संकेत देखाए पनि नियमित कारोबारमा नेप्सेको उतारचढावले बजारको वास्तविक दिशा तय गर्नेछ ।


विश्व खबर 



















