images
images
  • सुनको मूल्य बढ्यो, यस्तो छ आजको बजारभाउ

    काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको हो ।

    छापावाल सुन प्रति १० ग्राम ७९ हजार सात सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । तेजाबी सुन प्रति १० ग्राम ७९ हजार तीन सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय ३५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images